१ कार्तिक २०८३, आइतबार

धुर्मुस-सुन्तलीलाई ६ लाख सहयोग गर्ने दिण्डुले खोले यस्तो रहस्य ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dendi Sherpa

काठमाडौं, ११ जेठ । गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैँया सहयोग गरेका छन् ।

गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि दिण्डुले दिएको यो रकम नै धुर्मुस सुन्तली फाउण्डेशनलाई प्राप्त अहिलेसम्मकै उच्च सहयोग हो । उक्त सहयोग रकम दिण्डुकी आमाको हातबाट फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेलाई प्राप्त गरेकी हुन् ।

नुवाकोट बेतीनी ९ ग्याङमा जन्मिएर दिण्डु, हाल हाइल्याण्ड उत्तर क्यालीफोर्नीया अमेरिकामा होटल व्यावसाय गरीरहेका छन् । उनले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि अमेरिकाबाट सहयोग गर्नेको संख्या निकै कम रहेकाले उक्त सहयोग गरेको बताएका छन् ।

यदि अमेरिका बस्ने नेपालीले मात्र दिल खोलेर सहयोग गर्ने हो भने गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि मनग्गे सहयोग जुट्ने भएपनि सहयोग गर्नेहरु सेलाएकाले आफ्नो तर्फबाट सकेको सहयोग गरेको उनको भनाई छ ।

पहिला पनि बस्ती बसाएर देखाइसकेको र राष्ट्रियस्तरको कलाकारले थालेको यो अभियानमा युरोपबासी नेपाली दाजुभाई तथा दिदीबहिनीको नाम निकै कम देख्दा दुःख लागेको उनले बताएका छन् ।

यस्तै, फाउण्डेशनलाई देण्डी पश्चात जापानबाट बाग्लुङका कृष्ण प्रसाद खत्रीको परिवारले ५ लाख ५ सय ५ रुपैँया सहयोग गरेका छन् । उहाँ फाउण्डेशनलाई अहिलेसम्मको उच्च सहयोग गर्ने दोस्रो व्यक्ति हुनुभएको छ ।

करिब ४ करोड अनुमानीत लागत रहेको गिरान्चौर एकिकृत बस्ती निर्माण गर्ने अभियानमा करिब ५० लाख रुपैँया नगद सहयोग संकलन भएको छ ।