२५ कार्तिक २०८३, बुधबार

पार्टीका पात पतिङ्गर सबै हावाले उडायो: गजुरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CP-GAJURELसिन्धुलीमाढी, १० जेठ । नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सिपी गजुरेलले नराम्रा व्यक्तिहरुले पार्टी छाडेकाले अब पार्टी बल्ल शुद्धीकरण भएको बताउनुभएको छ ।

नेकपा माओवादी क्रान्त्रिकारी सिन्धुली जिल्ला समितिले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले कम्युनिस्ट आन्दोलनका अस्तित्वहीन व्यक्तिहरुले पार्टी छाड्दैमा पार्टीलाई कुनै असर नपर्ने दाबी गर्नुभयो ।

अहिले एकताको ठूलो हावाहुरी चलेको र हावाहुरीमा पार्टी छाडेर जानेलाई पतिङ्गरको सङ्ज्ञा दिँदै उहाँले अडिन नसक्नेहरु सबै उडेर गएकाले आफूहरुका एजेन्डामा कुनै असर नपरेको बताउनुभयो । अहिले कम्युनिस्ट सबै एकता भयो भनेर माओवादीले हल्ला फैलाए पनि कम्युनिस्ट र गैरकम्युनिस्टको मिश्रण भएको र निर्वाचनमुखी भएको उहाँको टिप्पणी थियो ।

यही असार ५ गते पार्टीको राष्ट्रिय भेला हुने जानकारी दिँदै उहाँले पार्टीले तत्काल आन्दोलन नगर्ने तर पार्टी र सङ्गठनलाई पुनर्गठन गर्ने बताउनुभयो । युद्धकालीन मुद्दाका सवालमा माओवादीहरुसँग कार्यगत एकता हुने पनि उहाँले बताउनुभयो । रासस