२५ कार्तिक २०८३, बुधबार

नेविसंघको महाधिवेशन रोक्न यसरी भयो गोप्य सहमति, टीकेको दाउमा बस्नेत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deuba Nepali Congressकाठमाडौं, १० जेठ । कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महाधिवेशन गर्ने विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र सभापति शेरबहादुर देउवा निकट मानिने जितजंग बस्नेतको गुटले महाधिवेशन नगराउने खेलमा ठूलो षड्यन्त्र गरेको खुलासा भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचित हुनेवित्तिकै नेविसंघसहितका भातृसंगठनको महाविधेशन छ महिनाभित्र गर्न निर्देशन दिएका थिए ।

सोही निर्देशनअनुसार भातृसंगठनहरूले तयारी पनि सुरू गरेका छन् । तर, अहिले आएर पौडेल समूहले देउवालाई असफल बनाउनका लागि तोकिएको समयमा महाधिवेशन नगराउन भित्रभित्रै षड्यन्त्र गर्ने गरेको स्रोतको भनाइ छ ।

सभापति देउवा र नेता डा.प्रकाश शरण महतले नेविसंघका अध्यक्ष रञ्जित कर्णलाई बोलाएर महाधिवेशनको मिति किन घोषणा नगरेको भन्दै जिज्ञासा राखेका थिए । तर, कर्णले विभिन्न बहाना बनाइ महाधिवेशन गर्न नसक्ने घुमाउरो जवाफ दिएको आरोप छ ।

जितजंग बस्नेत पनि कर्णलाई अध्यक्ष पदबाट हटाएर आफू टीके अध्यक्ष बन्ने दाउमा लागेको स्रोतको भनाइ छ ।

उता, रामचन्द्र पौडेल समूहको भेलामा पनि नेविसंघसहितका भातृसंगठनको महाधिवेशन गर्न नदिने गोप्य सहमति भएको बुझिएको छ ।

देउवा समूह पार्टीमा बलियो रहेको भन्दै पौडेल समूह जसरी पनि असहयोगको नीतिमा रहेको नेताहरूले आरोप लगाएका छन् ।

महामन्त्री डा.शशांक कोइराला नेविसंघको महाधिवेशन गराउनुपर्ने भन्दै लचक देखिदै आएका छन् । तर, पौडेल समूहको दबाबले शशांक पनि मौन बस्दै आएका छन् ।

लामो अमेरिका बसाइबाट भरखरै आएका पौडेल पनि नेविसंघको महाधिवेशन समयमा गराउने विषयमा मौन छन् ।