एजेन्सी । बहु प्रतिष्ठित कलाकार हुन् किम कार्दशिया । रियालिटी टिभी स्टारदेखि गल्यामर वर्ल्डसम्मका नामले उनी चिनिन्छन् ।
तर, यति परिचय हुँदाहुँदै उनी प्लेब्वाई म्याजिनका लागि एकाएक नाङ्गिएपछि फ्यानहरु अचम्ममा परेका थिए । र उनी किन नाङ्गिइन भन्ने प्रश्नको जवाफ खोजिरहेका थिए ।
यसैक्रममा उनले भर्खरै मात्र उक्त प्रश्नको जवाफ दिएकी छिन् । उनले आफूलाई न्यूड हुन आमाले राजी गराएको खुलासा गरेकी हुन् ।
फिमेल फस्र्ट खबरका अनुसार ३५ वर्षीय किमले अहिले आफूलाई विना कपडा नाङ्गो फोटो खिचाउन कुनै अप्ठेरो नहुने भन्दै सुरुसुरुमा यसो गर्न आफूलाई असहज भएको अनुभव सुनाइन् । उनले भनिन्– ‘प्ले ब्वाईमा पहिलो न्यूड फोटो सुट गराएपछि समय बदलियो । मेरी आमाले पहिलोपटक प्ले ब्वाई म्यागजिनका लागि न्यूड पोज दिन भनिन् । मैले आमाले भनेजस्तै गरे । अब मलाई यस्ता पोज खिच्न निकै सहज छ ।’
















प्रतिक्रिया