काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता नयाँ शक्तिमा प्रवेश गरेका छन् ।
सोमबार आयोजित कार्यक्रममा संयोजक बाबुराम भट्टराईले कांग्रेसका प्रभावशाली नेता सोनाम छिरिङ शेर्पा र पूर्वमन्त्री नरबहादुर बुढा लगायतलाई टिका लागाउँदै स्वागत गरे ।
नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाका अनुसार कांग्रेस नेता शेर्पासहित विभिन्न दलका नेताहरु नयाँ शक्तिमा प्रवेश गरेका छन् । यसैगरी पूर्वमन्त्री बुढाको नेतृत्वमा पाँच सयभन्दा बढी नेता कार्यकर्ता नयाँ शक्तिमा आएका उनले जानकारी दिए ।













प्रतिक्रिया