चितवन, २३ साउन । एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले पार्टी भित्रको अन्तरकलहको असर संविधान निर्माणमा समेत देखिने बताउनु भएको छ ।
क्रान्तिकारी पत्रकार संघ चितवनले शुक्रवार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले अन्तरकलहले संविधान निर्माणमा बाधा पुग्ने कुरालाई पार्टीका वरिष्ठ नेताहरुले पनि ख्याल गर्नुपर्नेमा जोडदिनुभयो ।
उहाँले वरिष्ठ नेता डा.बाबुरामाभट्टराईप्रति संकेत गर्दै भन्नुभयो– ‘पार्टी र नेतृत्वलाई पार्टीभित्रको कलहले संविधान निर्माणमा समस्या उत्पन्न हुन्छ भन्ने राम्रैसंग थाहा छ ।’
उहाँले आफू अन्तरकलहलाई चर्काउने पक्षमा नरहेको स्पष्ट पार्दै पार्टी भित्रको विवादको जड थाहा नभएकाले समस्या समाधानमा ढिलाई भईरहेको दाबी गर्नुभयो ।
उहाँले भट्टराईपक्षको मागका बारेमा आफुनै स्पष्ट नभएकाले समस्या भएको बताउनुभयो ।
















प्रतिक्रिया