३ कार्तिक २०८३, मंगलबार

चरी हत्याको विरोधमा धादिङ बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhading_district_Map

काठमाडौं, २३ साउन । कुख्यात गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ को हत्याको विरोधमा नेकपा एमालेले धादिङ जिल्ला बन्द गरेको छ ।

नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का पूर्व उपाध्यक्षसमेत रहेका चरीको हत्याको विरोधमा एमाले क्षेत्र नम्बर १ ले बन्द गरेको हो ।

चरीको हत्यापछि प्रमुख सत्ता साझेदार एमालेले व्यवस्थापिका संसदभित्र र बाहिर भिडन्तमा नभएर पक्राउ गरी चरीलाई निर्ममताका साथ मारिएको भन्दै त्यसमा संसदीय समितिद्वारा छानबिन हुनुपर्ने माग राख्दै आएको छ ।

सभामुख सुवास नेम्बाङले शुक्रबारै यो घटनाबारे जानकारी दिन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई निर्देशन दिनुभएको थियो ।

एमालेले एसएसपी पुष्कर कार्कीसहितका प्रहरीलाई निलम्बन गर्नुपर्ने र छानविन निष्पक्ष गर्नुपर्ने समेत माग राख्दै आएको छ ।

एमाले धादिङका नेता र कार्यकर्तालाई पार्टी मुख्यालयमा बिहीबार सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले पनि प्रहरीले अन्यत्रै हत्या गरेर भीमढुंगामा मुठभेडमा मारिएको नाटक गरेको आरोप लगाउनु भएको थियो ।