काठमाडौं, १० जेठ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदपूर्तीका लागि करिब १ हजार ७० पदमा दरखास्त आह्वान गरेको छ ।
सोमबार सार्वजनिक सूचना जारी गरी आयोगले २०६३ देखि सामुदायिक विद्यालयमा रिक्त रहेका दरबन्दीहरुमा पदपूर्तिका लागि उक्त संख्यामा शिक्षण पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।
नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृत व्याकरण, संस्कृत भाषा, कम्प्युटर विज्ञान गरी ९ ओटा विषयका लागि योग्यता पुगेका व्यक्तिहरुबाट आवेदन मागिएको छ ।
प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको र अध्यापन अनुमति पत्रका आधारमा नेपाली नागरिकता देखाएर जो कोहि ईच्छुक ब्यक्तिले आवदेन दिन सक्ने छन् ।
आउँदो असार १२ गतेसम्म दरखास्त बुझाउन सकिने आयोगले जनाएको छ । त्यस्तै दोब्बर दस्तुरमा असार १९ गतेसम्म दरखास्त दिन सकिने छ ।















प्रतिक्रिया