२५ कार्तिक २०८३, बुधबार

मधेसवादी दललाई कांग्रेसले मिलाउने, सरकारले काम नगरेको पौडेलको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-Paudel

– मोहन पौडेल
नवलपरासी, १० जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसको समस्या समाधानका लागि अब कांग्रेसले अग्रसरता लिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नवलपरासीले आज परासीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले सरकार र आन्दोलनरत मधेसी दललाई कांग्रेसले मध्यस्थताको भुमिका निर्वाह गरेर समस्या समाधान गर्ने बताउनुभएको हो ।

६ महिनासम्म मधेसमा आन्दोलन गरेका मधेसी दलहरु अहिले काठमाडौँमा आन्दोलन गरिरहेको भन्दै संविधान जारी गर्ने नेतृत्व कांग्रेसले लिएकाले अब यसको कार्यान्वयन र मुलुकलाई निकास दिने काम पनि कांग्रेसले नै गर्ने पौडेलले जिकिर गर्नुभयो ।

कांग्रेस नेता पौडेलले गाउँपालिका, नगरपालिका र प्रदेशको सीमा निर्धारण भएपछि मात्रै स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउनुभयो ।

सरकारले अहिले घोषणा गरेको स्थानीय निकायको चुनाव संविधान अनुसार नभएको भन्दै उहाँले मंसिरमा चुनाव गरेर कहिल संविधानको कार्यान्वयन हुन्छ भन्दै प्रश्न गर्नुभयो ।

२०७४ माघ ७ गते भित्र यी सबै निकायको चुनाव गर्नुपर्ने भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएको उहाँले आरोप लगाउनुभयो ।

वर्तमान सरकारले आफ्नो दायित्व पुरा गर्न नसकेको कांग्रेस नेता पौडेलले आरोप लगाउनुभयो ।

भूकम्पपीडित अहिले पनि खुल्ला आकाशमुनि नै बाँच्नुपरेको, कालोबजारी महंगी रोक्न नसकेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।