काठमाडौं, १० जेठ । विभाजित १० वटा माओवादीहरु एक भई बनेको नेकपा माओवादी केन्द्र चलाउन हेडक्वार्टर बनाइएको छ ।
राजधानीको एक पार्टी प्यालेसमा आइतबारदेखि बसिरहेको पार्टीको पहिलो बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ९ सदस्यीय हेडक्वार्टर (केन्द्रीय कार्यालय) बनाउने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य उमेश घोरासैनीका अनुसार हेडक्वाटरलाई तत्काल ९ जना कमाण्डरले चलाउनेछन् । जसमा अध्यक्ष प्रचण्ड, अन्य नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, मणि थापा, जयपुरी घर्ती र तिलक परियार रहने छन् ।
हेडक्वार्टर बनाउने निर्णय भएपनि एकल पदीयमा जाने कि बहुपदीयमा भन्ने विषयमा सहमति जुट्न सकेको छैन् ।













प्रतिक्रिया