२५ कार्तिक २०८३, बुधबार

माओवादी केन्द्रलाई यसरी मिलाउन सकिन्छ, युवा नेता आचार्यका ५ सुत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao-Kendrsकाठमाडौं, १० जेठ । माओवादी आन्दोलन विभाजन भएकाले लामो समयपछि फेरि एक पटक एकीकृत हुने पक्षमा देखिएको छ ।

तर, आफैभित्र प्राविधिक विषयहरूमा विभाजित हुँदा एकीकृत बन्दै गरेको नेकपा (माओवादी केन्द्र)मा असन्तुष्टिका स्वर पनि बाहिर आउन थालेका छन् । अहिले ठूलो हिस्सा एकीकृत माओवादीसँग मिल्न आइपुगेको होस् वा अन्य साना समूह सबै तत्कालीन विद्रोही नेकपा (माओवादी)कै सन्तान हुन् ।

विभाजनको पीडा खपेर अहिले फेरि एकताको सुत्रमा बाँधिएन खोजेको माओवादी केन्द्रलाई अब कसरी अगाडि बढ्ने भनेर सो पार्टीका युवा केन्द्रीय सदस्य रामदीप आचार्यले पाँच सुझावहरू दिनुभएको छ ।

नेता आचार्यले आफ्नो सुझावमा भन्नुभएको छ, ‘समिति चुस्त होओस् तर सबै पक्ष समेटिनु पर्छ, सिनियरहरूलाई सम्मान होओस् तर योग्यहरू छुटुनु हुँदैन । समावेशी, समानुपातिक, भौगोलिक सन्तुलन मिलाउनु पर्छ । पार्टीको आधारभूत वर्गीय (सर्वहारा र श्रमजीवी )चरित्र पनि कायम रहनु पर्छ । पार्टी गुटहरूको समायोजन जस्तो बनाउनु हुँदैन । एकताको भाव पनि झल्किनु पर्छ । प्रतिवद्ध र योग्यको मेल भएको पार्टी समिति निर्माण आजको चुनौती हो ।’

समस्याको पहिचान हुनु समाधानको प्रस्थान बिन्दु हुने भन्दै युवा नेता आचार्यले भन्नुभएको छ, ‘समस्याले वस्तुको औचित्यमाथि प्रश्न उठ्दैन । माओवादी धाराहरूको एकता आजको अपरिहार्य आवश्यकता हो ।’