
– कृष्ण ओझा
पाँचथर, ९ जेठ । पाँचथरको फिदिमस्थित हेवा खोलामा निर्माणधिन तल्लो हेवा खोला जलबिद्युत आयोजना काम सुचारु हुने भएको छ ।
आयोजना प्रभाबित क्षेत्रका स्थानीय सहित आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वय बैठकपछि समिति निर्माण गरी १५ दिनभित्र भएको के हो त्यसका बारेमा आधिकारिक बिवरण ल्याउने सहमति भए पछि निर्वाद रुपमा काम सुरु हुने भएको हो ।
जिल्ला उर्जासंकट निवारण समोनय समितिबाट छानविन गरी स्थलगत रुपमा अध्यायनका आधारमा काम गर्ने प्रमूख जिल्ला अधिकारी पुरुषोत्तोम घिमिरेले बताए ।
स्थानीयले आयोजना निर्माण पक्षले आफना माग सम्बोधनमा आलटाल गरेको भन्दै थालेको आन्दोलन स्थगन गरे संगै काम सुरु हुने भएको हो ।
सरोकार समितिका कार्यभाक अध्यक्ष मानबहादुर खवासको संयोजकत्वमा बनेको छानबिन समितिमा जिल्ला बिकास समिति, जिल्ला बन कार्यालय, जिल्ला प्रहरी कार्यालय जिल्ला भु संरक्षण कार्यालयका प्रतिनिधि सदस्य रहने ब्यवस्था गरिएको छ ।
समितिले स्थानीयले पानिको समस्या लगायत राखेका मागका बिषयमा छनबिन गर्ने सरोकार समितिका सदस्य सचिव नरोत्तम थापाले जानकारी दिए ।
समितिको निर्णय आउन्जेल सम्मका लागि काम सुचारु हुने थापाको भनाई छ ।
फिदिम नगरपालिकाको १, २, ४, ५ वडाका स्थानीयलाई प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयले अतिक्रमणमा पर्ने जग्गाको मुआब्जा, स्थानीयलाई रोजगारी, सिँचाई कुलो र खानेपानीका मुहानमा परेको असर देखाउँदै आन्दोलन थालेका थिए ।















प्रतिक्रिया