३० आश्विन २०८३, शुक्रबार

भारत र चीनको बजारलाई उपयोग गर्ने रणनीति बनाउन सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-Modi-Xi

काठमाडौँ, ७ जेठ । विभिन्न अर्थशास्त्रीले सरकारलाई ठूलो आकारको बजेट नल्याउन सुझाव दिएका छन् ।

रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उनिहरुले सरकारले विकास बजेट खर्च गर्न नसकेको बताउँदै सरकारको वर्तमान कदमले देशको आर्थिक विकास हुन नसक्ने बताए ।

कार्यक्रममा अर्थशास्त्री रामेश्वर खनालले आत्मनिर्भर तथा निर्यातमुखी सोच राखेर सरकार अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारसँग बजेट खर्च गर्ने सामथ्र्य छैन भने ठूलो आकारको बजेट ल्याउनु हुँदैन भने । उनले निर्माण र आधारशिला तयार गर्ने खालको मध्यम बजेट ल्याउन सरकारलाई सुझाव दिए ।

अर्थशास्त्री डा मदन दाहालले हाल नेपालको विदेशी परनिर्भरता बढ्दै गएको तथा आन्तरिक र बाह्य लगानी आकर्षित हुन नसकेकाले अर्थतन्त्र जोखिममा परेको बताउँदै भारत र चीनको बजारलाई उपयोग गर्ने रणनीति सरकारले बनाउनुपर्ने सल्लाह दिए । रासस