२५ कार्तिक २०८३, बुधबार

प्रचण्डलाई छोरी रेणु दाहालको कडा सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-and-renu-dahal

काठमाडौं, ९ जेठ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको छोरी भएकै आधार बनाएर गरिएको हल्लाको अखिल क्रान्तिकारी महिला संघकी महासचिव रेणु दाहालले खण्डन गरेकी छन् ।

आइतबार उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा राख्दै भनेकी छन्, ‘मलाई नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिमा नराखियोस् ।’ बुवा प्रचण्डको नाम जोडेर केन्द्रिय समितिमा थपिन लागेको भन्ने मिडियाबाजीले दुःखी तुल्याएको उनको भनाई छ ।

‘म आफु खटिएको कार्यक्षेत्रको अनुमोदनबाट यहाँसम्म आइपुगेको हुँ,’ उनले भनेकी छन्, ‘आफ्नो हैसियत हुँदाहुँदै पनि अहिले बन्न लागेको असन्तुलित केन्द्रिय महाधिवेशन आयोजक समितिमा मलाई नराखियोस् ।’ उनले महाधिवेशनमा लडेर कार्यकर्ताको बीचबाट विधी र प्रक्रियाबाट आफू निर्वाचिन हुन चाहेको पनि प्रष्ट पारेकी छन् ।

उनले आम कार्यकर्ताको सन्तुलित व्यवस्थापन गर्नका लागि पालुङटारको विस्तारित वैठकमा एकै ठाउँ रहेको माओवादीको हैसियतलाई कायम राखेर चुस्त केन्द्रिय महाधिवेशन समिति बनाउँदा सवैको भलो हुने सुझाव पनि दिएकी छन् ।

आइतबार मध्यान्न माओवादी केन्द्रको पद र जिम्मेबारी बाँडफाँटका लागि बैठक तय भएकै बेला दाहालको यस्तो सुझाव आएको हो ।