२५ कार्तिक २०८३, बुधबार

माओवादी केन्द्रको बैठक बस्दै, नेताहरूको जिम्मेवारी बाँडफाँट हुन सक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi kendraकाठमाडौं, ९ जेठ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको बैठक बस्दैछ ।

काठमाडौंको बत्तीसपुतलीस्थित एक पाटी प्यालेस प्यालेसमा दिउँसो एक बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै नेताहरूको जिम्मेवारी बाँडफाँटका विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिमा एक सय सदस्या खाली राख्ने तयारी पनि गरेको छ । ६ सय ९९ सदस्यीय समितिमा तत्कालका लागि ५ सय ९९ सदस्यको नाम मात्र घोषणा गरेर जाने तयारी भएको स्रोतको भनाइ छ ।

बैठकले नेताहरूको वरीयताका विषयमा पनि टुङ्गो लगाउनेछ । वरीयतालाई लिएर शीर्ष नेतृत्वमा विवाद छ ।

एमाओवादीका तर्फबाट महाधिवेशन आयोजक समितमा पूर्वकेन्द्रीय सदस्यहरू स्वतः रहने गरी मापदण्ड बनाइएको छ ।