२ कार्तिक २०८३, सोमबार

चरीको हत्या सुनियोजितः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-final

काठमाडौं, २२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीका चर्चित डन दिनेश अधिकारी ‘चरी’ हत्यालाई सुनियोजित हत्या भन्नुभएको छ ।

केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका धादिङका एमाले कार्यकर्ता तथा चरीका परिवारलाई सम्बोधन गर्दै ओलीले यस्तो भन्नुभएको हो ।

उहाँले चरीका आफन्त र परिवारलाई निष्पक्ष छानबीनका लागि पार्टीले पहल गर्ने समेत आश्वासन दिनुभयो ।

चरीको गैरन्यायिक हत्या भएको भन्दै धादिङका एमाले नेता कार्यकर्ता र चरीका आफन्तहरु केन्द्रीय कार्यालय बल्खुमा नाराबाजी गर्दै पुगेका थिए ।

सभासदहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटी, हरिवहादुर घले, कार्यवाहक जिल्ला अध्यक्ष भूमी त्रिपाठी सहितका नेताहरु पनि केन्द्रीय कार्यालय पुगेका थिए ।