संखुवासभा,९ जेठ । जिल्ला कृषि विकास कार्यालय संखुवासभाले २२ वटा हाते ट्रयाक्टर कृषकलाई बाँडने भएको छ ।
कार्यालयले पचास प्रतिशत अनुदानमा जिल्लाका कृषकहरुलाई मिनि टिलर बाँडने भएको हो । आर्थिक बर्ष ०७२/७३ को लागि हालै दश
वटा बाँडिसकिएको कृषी विकास कार्यालयका प्रमुख प्रमोदकमार रिजालले बताए ।
बाँकी १२ वटाको पनि माग भईसकेको तर आईनपुगेकोले बाँड्न बाँकी रहेको रिजालले बताए । जिल्लाको वाना, स्याबुन, चैनपुर, माम्लिङ, आँखिभुई, सित्तलपाटी, धुपु गाविस र खाँदबारी नगरपालिकाका किसानलाई बाँडिएको रिजालले बताए ।
बाँड्न बाँकी रहेको १२ मिनि टेलरलाई अन्य गाविस र नगरपालिकामा बाँडिने उनले बताए । भोटखोला क्षेत्र लगायत माथिल्लो भेगमा भने ढुवानी गर्न गाह्रो हुनेहुँदा कृषकलाई उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।
गोरु र हली पाईहाले पनि महँगो ज्याला दिनु पर्ने तर औजारको प्रयोग गर्दा थोरै जनशक्तिले धेरै काम गर्न सकिने भएकोले कृषकहरुको रोजाइमा हाते ट्रयाक्ट परेको धुपुका बल बहादुर मगरले बताए ।
















प्रतिक्रिया