काठमाडौँ, २२ साउन । राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले आफूलाई अध्यक्ष घोषणा गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
उहाँ बिहीवार सर्वोच्च अदालतमा पुगी रिट दायर गर्नुभएका हो । उहाँले रिटमा पशुपति शम्मेर राणालाई अवैधानिक घोषणा गरी आफूलाई अध्यक्षको मान्यता दिन माग गर्नुभएको छ ।
राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनका पालैपालो नेतृत्व गर्ने सहमति भएको भन्दै चन्दले सूर्यबहादुर थापापछि आफू अध्यक्ष हुनुपर्ने जिकिर गर्दै आउनु भएको छ ।
चन्दले निर्वाचन आयोगमा उजुरी दिए पनि आयोगले राणालाई नै बैधानिकता दिएपछि उहाँ सर्वोच्च पुग्नु भएको हो ।
















प्रतिक्रिया