३० आश्विन २०८३, शुक्रबार

भारतीय पर्यटकलाई सहजै नेपाल प्रवेश गर्ने बातावरण बनाउन सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Indiaधनगढी, ८ जेठ । धनगढी जेसीजको आयोजनामा शनिवार देव तालिम केन्द्र धनगढीमा यस क्षेत्रका चर्चित उद्यमी गोपाल हमालसंग अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

धनगढी जेसीजका अध्यक्ष हेमराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हमालले टिनको वाकस बनाउने उद्योगबाट प्रारम्भ भएको दिनेश ग्रुपका विभिन्न आरोह अवरोहको वारेमा चर्चा गरे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका हमालले आफ्नो कार्यकालमा उद्योग वाणिज्य संघले गरेका क्रियाकलापको चर्चा गर्दै समाजमा संघ संस्थाहरुले पार्न सक्ने प्रभावका बारेमा आफ्ना अनुभवहरु सुनाए ।

अनुभव आदान प्रदानका क्रममा उनले भारतीय पर्यटकहरुलाई नेपाल प्रवेशका क्रममा नाकामा भईरहेको अवरोध हटाएर उनीहरुलाई आवत जावतमा सहज बनाएर धनगढीको पर्यटन प्रवद्र्धनमा लाग्न धनगढी जेसीजका पदाधिकारीहरुलाई सुझाव दिए । उनले प्रतिबद्धता, निरन्तरता र इमान्दारिता भए जुनसुकै व्यवसायमा पनि सफलता प्राप्त हुने बताए ।

धनगढी जेसीजका महासचिव यज्ञराज ओझाले सञ्चालन गरेको उक्त कार्यक्रमका संयोजक धनगढी जेसीजका उपाध्यक्ष मोहन ओझा रहेका थिए । कार्यक्रममा धनगढी जेसीजका पदाधिकारी, साधारण सदस्यहरु, पूर्व अध्यक्षहरु मोहनराज भट्ट, गोपाल आचार्य, ईश्वरदेव जोशी, दल बहादुर ओली धनगढी महिला जेसीजका अध्यक्ष अम्विका पनेरु, निवर्तमान अध्यक्ष सुनिता राना, धनगढी जुनियर जेसीजका अध्यक्ष जनार्दन बम, क्यान कैलालीका पूर्व अध्यक्ष मनोहर कुमार श्रेष्ठ लगायत युवा उद्यमीहरुको सहभागिता रहेको थियो ।