काठमाडौं, ८ जेठ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक शनिबार बसेको छ ।
रामबहादुर थापा बादल समूह पार्टीबाट अलग भएपछि पहिलोपटक केन्द्रीय कार्यालयमा बसेको बैठकले मधेसवादी दलको आन्दोलनमा साथ र समर्थन जनाउने निर्णय गरेको छ ।
अध्यक्ष मोहन वैद्यका अनुसार मधेसी, थारु, जनजाति आन्दोलनका जायज मागको सम्बोधन गर्ने र सहभागी हुने तथा आफ्नै नेतृत्वमा समेत आन्दोलनका छुट्टै कार्यक्रम ल्याउने निर्णय आजको बैठकले गरेको हो ।
यसैगरी बैठकले असार पहिलो साता पार्टीको राष्ट्रिय भेला आह्वान गरेको छ । आजको बैठकमा अध्यक्ष वैद्यले राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने असार ५ गते राष्ट्रिय भेला बोलाउने प्रस्ताव पारित भएको थियो ।
मधेस र जनजातिको अधिकारका लागि सँगसँगै जाने वैद्य माओवादीको निर्णयले तराईमा आन्दोलनरत मधेसवादी दलका नेताहरु हर्षित भएका छन् ।












प्रतिक्रिया