काठमाडौं, ८ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनले आज पनि राजधानीमा प्रदर्शन गर्दैछ ।
दिउँसो दुई बजेपछि काठमाडौंको सीतापाइलाबाट विरोध -यालीसहित स्वयंभूको कारखाना चोकमा पुगेर कोणसभा गर्ने संघीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले जानकारी दिनुभयो । दुई बजेपछि विरोध -याली निकालिनेछ ।
यसअघि सिंहदरबारमा धर्ना दिइसकेको संघीय गठबन्धनले आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गरेर कोणसभा गर्ने निर्णय गरेको थियो ।
कोणसभामा उल्लेख्य कार्यकर्ता नआएपनि संघीय गठबन्धनले आन्दोलनलाई निरन्तरता दिँदै आएको छ । संघीय गठबन्धनले जेठ १७ गतेसम्मका लागि आफ्ना कार्यक्रम बनाएको छ ।












प्रतिक्रिया