१ कार्तिक २०८३, आइतबार

सडक सुधार गर्न गाँउले जुटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bardiya-sadakकञ्चनपुर, ८ जेठ । कञ्चनपुरको उत्तरी क्षेत्र भीमदत्त नगरपालिका– ७ हुल्दुखालका स्थानिय जनता सडक सुधार गर्न जुटेका छन् । विकासका लागि सडक अपरिहार्य भएको भन्दै हल्दुखलाका स्थानियहरु सडक सुधार गर्न जुटेका हुन् ।

खैरानी–हल्दुखाल कच्ची सडक पक्की निर्माणका लागि स्थानियहरुले शनिबार देखि श्रमदान गरिरहेका छन् ।

भीमदत्त नगरपालिका कार्यालयको पाँच लाख लागतमा निर्माण हुने उक्त सडक गुणस्तयिी बनाउका लागि जनताहरु स्वतस्फूर्त रुपमा आफै सडक सुधारमा जुटेका हुन् । खैरानी पश्चिम सडक सुधार उपभोक्ता समितिका अध्यक्ष तथा धुम्रपान निषेधका अभियन्ता मदन चन्दले आफ्नो गाँउको सडक सुधारका लागि गाँउलेहरु जुटेको बताउनुभयो ।

बर्षातका बेला चुरे क्षेत्रबाट बग्ने खहरे खोलाका कारण सडक अवरुद्ध हुँने समस्याका कारण हल्दुखाल, तिलकपुरका स्थानियहरुलाई सास्ती खेप्नु परेको भन्दै उक्त सडक सुधारका लागि सरकारी बजेट भएपनि गाँउलेहरु आफ्नो दुखलाई हटाउन सामुहिक रुपमा सडक मर्मतमा जुटेको अध्यक्ष चन्दले बताउनुभयो । उहाँका अनुसार उक्त सडक बर्षातमा डुवान र अन्य समयमा डुङगै डुङगा भएकाले आवत जावत गर्न समस्या हुँने गरेको छ ।

खैरानी देखि हल्दुखाल सडक सुधार नभएका कारण सर्वसाधारण लगायत विद्यार्थीहरुलाई झन समस्या हुने गरेको थियो । सडकमा पानी भरिएका दिन घुमाउरो बाटो भएर बजार÷विद्यालय आउनु पर्ने बाध्यता थियो । हल्दुखालका स्थानिय अगुवा रामदत्त जोशीले उक्त सडक पहिलो पटक जनताहरुको सहभागितामा निर्माण हुन लागेको बताउनुभयो ।

‘पहिले यहाँ सडक मर्मत हुँदा ठेक्का उपभोक्ता प्रणाली मार्फत हुँदा गुणस्तरिय हुँदैन्थ्यो ।’, उनले भने ‘जनताको सहभागितामा निर्माण हुने यो सडक गुणस्तरिय हुन्छ ।’ विकास निर्माणमा २० प्रतिशत जनताको प्रत्यक्ष सहभागितामा श्रमदान भनेपनि कतिपय ठाँउमा उपभोक्ता समितिहरुले कागजी रुपमा श्रमदान देखाउने गरेपनि उक्त सडक मर्मतमा जनताहरु स्वत रुपमा आफै श्रमदानमा जुटेको उनको भनाई छ ।

सडक निर्माण संगै किनारमा ग्राभिलिङ्गका साथै पानी निकासका लागि डे«न समेत खन्नुपर्ने जोशीको सुझाव छ । आफ्नो गाँउ घरको विकासका लागि आफैले जुट्नुपर्ने भन्दै श्रमदान गर्न आएको हल्दुखालका स्थानिय महिलाहरुले समेत बताएका छन् । हल्दुखालकी स्थानिय अगुवा महिला सरस्वती रावलले गाँउको विकासका लागि महिलाहरु समेत सडक मर्मतमा जुटेको बताउनुभयो ।

‘यो कच्ची सडकमा महिला र बालबालिकाहरुले आवत जावत गर्न धेरै सास्ती हुन्थ्यो ।’ उनले भनिन् ‘अब सुधार भएपछि हामीहरुलाई सहज हुन्छ ।’ ५५ मिटर सम्म सडक पक्की (आरसिसी) गर्नुपर्ने स्टमेट भएपनि जनसहभागितामा सडक लब्यिाउने उपभोक्ता समितिका अध्यक्ष चन्दको भनाई छ ।

अध्यक्ष चन्दका अनुसार स्थानिय गाँउलेका साथै हेल्प नेपाल, ग्रेटर नेपाल, विवेशिल नेपाली, विद्यार्थीहरुले समेत सडक मर्मतमा श्रमदान गरेका छन् । उक्त सडक कसरी गुणस्तर र दिगो विकास गर्ने काममा प्रयत्न गरिने अध्यक्ष चन्दको भनाई छ ।