काठमाडौं, ८ जेठ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकको समसामयिक विषयलाई केन्द्रित बनाइ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।
नयाँबानेश्वरस्थित पार्टी मुख्यालयमा अध्यक्ष महताले बिहान ११ बजेपछि पत्रकार सम्मेलन राख्नुभएको हो । पत्रकार सम्मेलनमा मधेसी मोर्चा र संघीय गठबन्धनको आन्दोलन, वार्ता र समसामयिक विषयमा अध्यक्ष महतोले धारणा राख्ने महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
यसैबीच, संघीय समाजवादी फोरम नेपालबाट फुटेर आएका १५ वटा मजदुर संगठनहरूलाई सद्भावनामा प्रवेश गराउने कार्यक्रम पनि छ ।
सोही पत्रकार सम्मेलनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका मजदुर नेताहरूलाई सदस्यता दिइने महासचिव सुमनले बताउनुभयो ।
संघीय गठबन्धनको आन्दोलनलाई लिएर उपेन्द्र यादव र राजेन्द्र महतोबीच शीतयुद्ध चलिरहेका बेला महतोले पत्रकार सम्मेलन राख्नुभएको छ ।












प्रतिक्रिया