सिन्धुली, ७ जेठ । पछिल्लो समय निकै सक्रिय भएर देश दौडाहमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वी नेपालको सिन्धुली जिल्ला पुगेका छन् ।
उनलाई त्यहाँ स्थानीय नागरिक, राप्रपा नेपालका नेता कार्यकर्ता र राजावादी अगुवाहरुले भव्य स्वागत गरे । त्यसक्रममा आफ्ना प्रशंसकलाई संक्षिप्त प्रतिक्रिया दिँदै ज्ञानेन्द्रले केही समय पर्खिन आग्रह गरे ।
‘राजा आउ देश बचाउ, हाम्रो राजा प्राण भन्दा प्यारो छ’ जस्ता नारा लागेपछि हर्षित मुद्रामा उनले भने- ‘मैले जनताको मनोभावना बुझेको छु । सबै कुराको समय र महत्व हुन्छ । केही समय पर्खिनुस्, समयमा आवश्यकताअनुसार काम हुन्छ ।’
सिन्धुलीमाढीमा झण्डै आधा घण्टा विताएका पूर्वराजा ज्ञानेन्द्र त्यसपछि त्यहाँबाट पूर्वतिर लागेका थिए ।














प्रतिक्रिया