२५ कार्तिक २०८३, बुधबार

उपेन्द्र यादवसँग यसरी बदला लिँदैछन् राजेन्द्र महतो, खुल्ला पत्रले गठबन्धनमा बबाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Mahato Upendra Yadavकाठमाडौं, ७ जेठ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहित मधेशी मोर्चाका नेताहरूलाई कडा आलोचना गर्दै खुल्ला पत्र लेखेको २४ घण्टामा नै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ठूलै झटका दिने तयारी गरिएको छ ।

उपेन्द्र यादवबाट घडी घडी आलोचना र तिरस्कार गर्दै आफ्ना सहयोगीहरूमार्फत खुल्ला पत्र लेखेपछि अहिलेसम्म त्यसको कुनै जवाफ नफर्काएका राजेन्द्र महतो यसपाली चाही कडा जवाफ फर्काउने तयारीमा छन् । तर त्यो पत्र लेखेर होईन उनको पार्टी संगठन माथि नै प्रहार गरेर ।

संघीय समाजवादी फोरम नेपालसँग आबद्ध मधेशी ट्रेड यूनियन महासंघलाई राजेन्द्र महतोले आफ्नो पार्टीमा आबद्ध गराउन सफल भएका छन् । कुनै पनि राजनीतिक दलको साँगठनिक ढाँचा कति मजबूत छ भने त्यसको आकलन पार्टीमा आबद्ध ट्रेड यूनियनहरूले थाहा हुन्छ । फोरम नेपालसँग शुरू देखि नै आबद्ध मधेशी कर्मचारी ट्रेड यूनियन महासंघ मधेशको एकमात्र ट्रेड यूनियन महासंघ हो, जो ट्रेड यूनियन महासंघ अन्तर्गत दर्ता भएको छ । फोरम नेपाल मधेशको ठूलो पार्टी हुनुमा ट्रेड यूनियन महासंघको ठूलो भूमिका रहेको थियो ।

तर, अबदेखि मधेशी कर्मचारी ट्रेड यूनियन महासंघ राजेन्द्र महतो नेतृत्व गरेको सदभावना पार्टीमा आबद्ध हुने भएको छ । यसका लागि ट्रेड यूनियन महासंघले सम्बन्धित सरकारी कार्यालयमा औपचारिकता समेत पूरा गरेको छ । भोलि शनिवार औपचारिक रूपमै कार्यक्रम गरि राजेन्द्र महतोले मधेशी ट्रेड यूनियन महासंघलाई पार्टीमा प्रवेश गराउने भएका छन् ।

Rajendra-Mahato

नाई संघका अध्यक्ष समेत रहेका महासंघका अध्यक्ष पल्टन ठाकुर पछिल्लो समय फोरम नेपालले आफ्नो नामबाट मधेशी शब्द हटाएर उपेन्द्र यादवले फोरमलाई मधेशीभन्दा पनि गैर मधेशीको पार्टी बनाउन खोजेको आरोप लगाउँदै अब उपरान्त महासंघले सदभावना पार्टी निकट भएर काम गर्ने सर्वसम्तिले निर्णय गरेको ठाकुरले दाबी गरेका छन् ।