१ कार्तिक २०८३, आइतबार

बिजुली बलेपछि गाउँ झिलीमिली, गाउँलेले आफै निकाले ९७ किलोवाट विद्युत्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Light-bidutसंखुवासभा,७ जेठ । जिल्लाको वाला, सिसुवा, ताम्कु र माङ्तेवा गाविसवासी आफ्नै परिश्रमले विद्युत् उत्पादन गरी उज्यालोमा बस्न थालेका छन् ।

सङ्खुवा र सिसुवा खोलाबाट एक सय ९७ किलोवाट विद्युत् निकालेर उनीहरुले गाउँ नै झिल्लीमपली बनाएका छन् । यहाँका दुई हजारभन्दा बढी परिवारले यो विद्युत् उपभोग गरेका छन् ।

दुर्गम गाविसका अझ विकट क्षेत्रमा यी गाउँ छन् । केही समय अघिसम्म अम्फी र राँको बालेर जीविका चलाउने स्थानीय अहिले उज्यालोमा बस्न थालेपछि जीवन नै परिवर्तन भएको कुमार राई बताउँछन् ।

सङ्खुवा खोलाबाट १७ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको छ । हिमालय नेचुरल फाइभर फाउण्डेशन (एचएनएफएफ), वैकल्पिक ऊर्जा केन्द्र र गाविसको लगानीमा स्थानीयले श्रमदान गरी विद्युत् उत्पादन गरिएको राईले बताए ।

विद्युत्ले ताम्कु–१, ४, ५ र ७ नम्बर वडाका गाउँमा २४ सै घण्टा उज्यालो बनाएको ताम्कुका चन्द्र राईले बताए । जिल्ला विकास समितिको १० लाख, एचएनएफएफको १२ लाख, गाविसको साढे १३ लाख र स्थानीयको श्रमदानबाट ४० लाखभन्दा बढी लगानीमा सोही खोलाबाट ३१ किलोवाट विद्युत् आयोजना उत्पादनको अन्तिम चरणमा रहेको छ । उत्पादित विद्युत्ले ताम्कु–१, २, ३, ४ र ८ वडा पूरै उज्यालो बन्ने छ ।

ताम्कु–७ र वालाबीचमा रहेको सङ्खुवाखोलामा ३० किलोवाट विद्युत् उत्पादन तयारीमा छ । गाविसको १३ लाख, एचएनएफएफको २५ लाख र स्थानीयको श्रमदानसहित ४० लाख लगानीमा आयोजना अन्तिम चरणमा छ । विद्युत् विस्तार गर्न २० किलोमिटरभन्दा बढी तार तानेर भए पनि वाला, सिसुवा र ताम्कुवासीले उज्यालो बालेका छन् । वैकल्पिक ऊर्जा, इको हिमाल, गाविस र जनश्रमदानमा सिसुवाखोलाबाट अर्को ६१ किलोवाट विद्युत् उत्पादन भएको छ । वाला–१, ७ र सिसुवाखोला–१,२,३,४ ताम्कु–१,२,३ ले डेढ वर्षयता यसबाट विद्युत् उपभोग गरिरहेका छन् ।

सिसुवाखोलाबाट ५८ किलोवाट विद्युत् आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको छ । सिसुवाखोला–५ चटेक्मामा पावरहाउस राखेर उत्पादन गरिने विद्युत्ले सिसुवाखोला–१ र २ बाहेक सबै वडामा विद्युत् पुग्ने छ । वैकल्पिक ऊर्जा केन्द्रले प्रतिकिलोवाट अढाइ लाखका दरले एक करोड ४५ लाख, एचएनएफएफले ५ लाख, गाविसले ३ लाख, जिविसले ५ लाख र श्रमदानबाट ५५ लाख गरी २ करोड लगानीमा विद्युत् उत्पादन शुरु गरिएको सुवा गाविसका सचिव गोपीशमशेर राईले बताए ।