काठमाडौं, ७ जेठ । उपचार गर्न भन्दै भारतको नयाँदिल्ली गएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको खबरले भारतीय विदेश मन्त्रालय र नेपालस्थित भारतीय राजदूताबास दुबै छक्क परेका छन् ।
सार्वजनिक रूपमा नभए पनि अनौपचारिक रूपमै भारतीय दूतावास र भारतीय विदेश मन्त्रालयले यस्ता खबरप्रति आपत्ति जनाउंदै खण्डन समेत गरेको छ ।
तमलोपाका सांसद केदार नन्दन चौधरीले आफ्ना निकटका केही पत्रकारहरूलाई मोदी–महन्थ बीचको भेटवार्ताबारे जानकारी गराएका थिए । दैनिक पत्रपत्रिकासहित केहि संचारमाध्यमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच ४० मिनेट भेटवार्ता भएको जनाएपछि भारतीय विदेश मन्त्रालय र नेपालस्थित भारतीय राजदूताबासले अनौपचारिक रुपमा समाचारको खण्डन गरेको हो ।
भारतस्थित मध्यप्रदेशको उज्जैनमा आयोजित सिंहस्थ कुभ्भमेलामा गएको बेला अनौपचारिक रुपमा मोदी र महन्थबीच कार्यक्रम स्थलमा नमस्कार भएको मात्रै हो तर उक्त नमस्कारलाई ४० मिनेटको लामो औपचारिक छलफल भनेर तमलोपाकै सांसद चौधरीले संचारकर्मीहरू लाई जानकारी गराएका थिए ।
उज्जैनमा भएको विचार महाकुम्भ कार्यक्रममा भारतीय प्रम मोदी श्रीलङ्काका राष्ट्रपतिसंगै दिल्लीबाट विशेष विमानमा उज्जैन पुगेका थिए । त्यहांबाट सिधै कार्यक्रम स्थलमा पुगेका मोदी त्यहां करिब दुई घण्टा बिताएका थिए । करिब ४५ मिनट मोदीले मात्रै भाषण गरेका थिए । कार्यक्रमपछि मोदी र श्रीलंकाका राष्ट्रपतिको सम्मानमा आयोजित विशेष दिवाभोजमा संगै उनी खाना खाने कार्यक्रम सकेर तत्काल आसामको सिल्चरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ लागेका थिए । तर, महन्थ जीसँग लामो कुराकानी भएको समाचार बिभिन्न सन्चार माध्यममा आएपछि हामी छक्क पर्यौ । औपचारिक रुपमा हामीलाई केहि जानकारी छैन् भारतीय परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय राजदूताबास स्रोतले भन्यो ।
भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, नेपाल–भारत सम्बन्ध, मधेसमा जारी आन्दोलन लगायतका विषयमा करिब ४० मिनेट कुराकानी भएको तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले बताएका थिए ।
भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, नेपाल–भारत सम्बन्ध, मधेसमा जारी आन्दोलन लगायतका विषयमा करिब ४० मिनेट कुराकानी भएको बताइएको थियो । सोनलका अनुसार भेटवार्तामा भारतीय प्रधानमन्त्रीले नेपाल र मधेसको आन्दोलनप्रति आफ्नो सद्भाव ब्यक्त गर्दै नेपालमा राजनीतिक स्थायीत्व कायम गरेर विकासको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता औल्याएका थिए ।
चार दिनअघि भएको भेटवार्तामा मोदीले आफूले भारत भ्रमणको बेला नेपालका प्रधानमन्त्री केपी ओलीसँग पनि मधेसको समस्या र नेपालको विकासको विषयमा कुराकानी गरेको बताउँदै संविधानमा मधेसीहरुको समेत अपनत्व हुने गरी मागहरु संबोधन गर्नुपर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारेको भन्दै मोदीको हवला दिएको थियो ।
मोदीले बार्ताको विकल्प नरहेको भन्दै कतै न कतै नेगोसिएसन गरेर दलहरुवीच कुराकानी गरी सहमति जुटाउनुपर्ने सुझाव दिएको समेत महन्थ पक्षको दावी थियो । ठाकुरले आफूहरु अहिले पनि विभिन्न पक्षसँग मिलेर आन्दोलनमा रहेको जानकारी दिदैँ आफुहरु बार्ताको लागि तयार भएपनि सरकार त्यति सकारात्मक नभएको गुनासो पाखेको बताइएको थियो ।
जवाफमा कतै नै कतै तपाईहरुले नेगोसिएसन गर्नैपर्छ समेत मोदीले भने भनिएको थियो । बार्ता थाल्नुस् र त्यसैबाट समाधान खोज्नुस् समेत भने भन्दै नेपालका सञ्चार माधयमलाई भनिएको थियो । बार्ताबाट समाधान खोजेर नेपाललाई विकासको बाटोमा अघि बढाउनुपर्ने मोदीले बताएका थिए भनि प्रचार गरिएको थियो ।












प्रतिक्रिया