काठमाडौं, ७ जेठ । आन्तरिक असन्तुष्टि र बिबादका बाबजुद राजधानी केन्द्रित आन्दोलन गर्दै आएको मधेसी मोर्चासहितका दल आबद्ध संघीय गठबन्धनले काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शन गरेको छ ।
माइतीघर मण्डलाबाट निश्किएको गठबन्धनको विरोध -याली नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । विरोध -याली र कोण सभाको नेतृत्व गठबन्धनका संयोजक समेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्नुभएको थियो ।
गठबन्धनले दुई दिन सिंहदरबार र एक दिन बालुवाटारमा धर्ना दिएपछि आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गरेको थियो । आन्दोलनलाई लिएर गठबन्धनभित्रका दलहरूबीच विवाद छ ।
बिबाद भएपछि तीन साना दलले गठबन्धन छाडीसकेका छन् । मधेसी मोर्चाका केही दलहरू पनि असन्तुष्ट छन् ।












प्रतिक्रिया