२५ कार्तिक २०८३, बुधबार

सेनाको हेलिकप्टरबाट लुम्बिनी ओर्लिइन् राष्ट्रपति भण्डारी, पूजाअर्चना गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya-Bhandari

नवलपरासी, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी केही समयअघि लुम्बिनी पुगेकी छिन् ।

हेलिकप्टरबाट अपरान्ह १२ बजेतिर लुम्बिनी पुगेका राष्ट्रपति भण्डारीले लुम्बिनीमा केहीबेर पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

पूजाअर्चनापछि दिउँसो कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम स्तुपक्षेत्रको अवलोकनका लागि त्यसतर्फ जानेछिन् ।

२५६० औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा राष्ट्रपति भण्डारी बुद्धजन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थल कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम स्तुप क्षेत्रको अवलोकन गर्न शुक्रबार पुगेकी हुन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाको बुटवलस्थित २२ नम्बर बाहिनीमा बस्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले शनिबार लुम्बिनीमा आयोजित २५६० औँ बुद्धजयन्ती मूल समारोहलाई उद्घाटन गर्ने छिन् । रासस