काठमाडौं, ७ जेठ । नेपालमा टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बिहीबारदेखि सुनसरीको इटहरीमा टाटा मोटर्स कार मेला सुरु गरेको छ ।
मेलाको मुख्य आकर्षणमा फाइनान्स सुविधासहित २.९९ ब्याजदरमा टाटा पेसेन्जर गाडीको आकर्षक रेन्ज, उत्कृष्ट मूल्यांकनसहित विनाझन्झट तुरुन्तै गाडी एक्सचेन्ज अफर सुविधा, हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार, एक्सचेन्ज लोयल्टी बोनस आदि रहेको कम्पनीले बताएको छ ।
मेला अवधिभर पूर्ण पारिवारिक माहोलमा मनोरञ्जनात्मक कार्यक्रम वाटर स्लाइड, स्विमिङ पुल, रेन डान्स, वेभ पुल, नेल आर्ट, फेस पेन्टिङ बी–बोइङ, हिप हप, फ््ल्यास मोब, फोटो सुट, टेस्ट ड्राइभ, गेम र फुड स्टललगायत अन्य थु्रपै कार्यक्रम समावेश गरिएको कम्पनीले जनाएको छ ।
टाटा कारपारखीका लागि लक्षित गरी आयोजना गरिएको मेला २ दिनसम्म चल्नेछ भने निस्शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
बिहान ११ देखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने मेलामा कम्पनीले अवलोकनर्तालाई लक्षित गरी निःशुल्क प्रवेश टिकटका लागि ग्लोबल अटो ट्रेडर्स, धरान, इटहरी र विराटनगरमा सम्पर्क राख्न सकिने बताएको छ ।















प्रतिक्रिया