काठमाडौं, ७ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका साना दलहरू आबद्ध संघीय गठबन्धनले आज काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्ने भएको छ ।
दिउँसो दुई बजेपछि माइतीघर मण्डलामा जम्मा भएर नयाँबानेश्वर चोकमा पुगेर कोणसभा गर्ने कार्यक्रम रहेको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
‘राजधानी केन्द्रित कार्यक्रम अन्तर्गत आज नयाँ बानेश्वर चौकमा कोणसभा गर्दैछौं’, उहाँले भन्नुभयो, ‘माइतीघर मण्डलामा जम्मा भएर बबरमहल हुँदै नयाँबानेश्वर नारावाजीसहित पुग्ने कार्यक्रम छ ।’
दुई दिनेको सिंहदरबार घेराउ र एक दिनको बालुवाटार घेराउ गरेको संघीय गठबन्धनले आफ्नो कार्यक्रमको स्वरुप परिवर्तन गरेको छ ।












प्रतिक्रिया