१ कार्तिक २०८३, शनिबार

इभालाई यु–९ सिंगल्स उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1काठमाडौं, ७ जेठ । इभा अधिकारीले तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–९ गल्र्स सिंगल्सको उपाधि बिहीबार जितेकी छिन् । फाइनलमा इभाले प्रशंसा मोक्तानलाई ४–० र ४–० को सोझो सेटमा पराजित गरिन् ।

यु–९ ब्वाइज सिंगल्समा प्रणव मानन्धर र राजवीर प्रधान फाइनलमा पुगे । प्रणवले प्रसिद्ध बस्नेतलाई ४–५, ४–२ र ११–३ तथा राजवीरले सक्षमविक्रम शाहलाई ४–१ र ४–१ ले हराउदै फाइनलमा प्रवेश गरे ।

यु–१६ ब्वाइज सिंगल्समा संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा संरक्षकले रेन्जन लामालाई ६–० र ६–२ तथा प्रणवले सौरवराज पाण्डेलाई ६–१ र ६–१ को सीधा सेटमा हराए ।

यु–१४ ब्वाइज सिंगल्समा छविलाल राउतले सहर्ष चन्दलाई ३–६, ६–१ र ६–३ तथा सम्यकभूषण वज्राचार्यले प्रमोद बुढाथोकीलाई ६–२ र ६–० को सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

यु–१० गल्र्स सिंगल्समा शुभाङ्गीलक्ष्मी शाहले इभा अधिकालाई ६–४ र ६–२ तथा आइशा डोल्कर गुरुङले समृद्धि श्रेष्ठलाई ६–१ र ६–२ ले पाखा लगाउदै फाइनलमा स्थान बनाए ।

यु–१० ब्वाइज सिंगल्समा आर्यनसम्राट हाडाले ओजेन चित्रकारलाई ६–० र ६–० चिराग तिमिल्सनाले प्रसिद्ध बस्नेतलाई ६–३ र ६–२, आदित्य सुवेदीले प्रणव मानन्धरलाई ६–१ र ६–० तथा अकी जुवेन राउतले डेनियल श्रेष्ठलाई ६–० र ६–० ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

यु–१२ गल्र्स सिंगल्समा श्रुति तामाङले शिरिषा राई तथा मन्दिरा आले मगरले रायना शाह विरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।