काठमाडौं, ७ जेठ । ‘काष्टिङ’ नै झुर भयो, त्यो फिल्म कति समय हलमा लाग्ला ? यस्तै हालतमा पुगेको छ सिंहदरवारलाई धक्का दिन आएका २९ दलको गठबन्धनको आन्दोलन ।
मधेस आन्दोलनमा असफलता हात लागेसँगै सिंहदरवारलाई धक्का दिन आएका संघीय समाजवाजवादी फोरम नेपालका अध्यक्ष र संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको हालत ‘हिस्स वूढी, खिस्स दाँत’को अवस्थामा पुगेका छन ।
पश्चिमाहरूको ‘कठपुतली’ बन्दाको परिणती के हुन्छ भन्ने उदाहरण पनि हो यो । संघीय गठबन्धनको आन्दोलनलाई युरोपियन यूनियनमा आबद्ध राष्ट्रहरूले सहयोग गरेको आरोप छ । आन्दोलनमा बेलायती नागरिकहरू सहभागी भएपछि त्यसको पुष्टि हुन झन् सहज भएको बिरोधीहरूको दाबी छ ।
उपेन्द्र यादवले संघीय गठबन्धनमा आन्तरिक छलफलनै नगरी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको भन्दै गठबन्धनभित्रका मधेसी मोर्चाले विरोध र असहमति जनाइसकेको स्रोतको भनाइ छ ।
तर, गठबन्धनमा आबद्ध तीन दलले गठबनधनबाटै अल्लगिएका छन् । लोक दलका अध्यक्ष कौशलकुमार सिंह, बहुजन समाज पार्टी नेपालका अध्यक्ष गंगा महरा, लोकतान्त्रिक पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र यादवले एक विज्ञप्ति जारी गरी उपेन्द्र यादवको नेतृत्वमा रहेको आन्दोलनले लक्ष्य प्राप्त गर्न नसकेको बताएका छन् ।
गठबन्धनले संयुक्त्त लोकतान्त्रिक मधेसी मोर्चाको अस्तित्वलाई स्वीकार गर्न नसकेकोले यस गठबन्धनको कुनै औचित्यनै रहेको विज्ञप्तिमा उल्लेख छ ।
गठबन्धनका संयोजक यादव गठबन्धनको माग छाडेर आफ्नै पार्टीलाई मात्रै हरेक ठाउँमा हावी गराएको र अरू स–साना दलहरूप्रति नकारात्मक हुँदै गएकोमा आफूहरुले असहमति जनाएको उनीहरुले प्रष्ट्याएका छन् ।
उनीहरूले सो विषयमा सहमति नभएका कारण आफूहरु गठबन्धनबाट अलग भएको घोषणा समेत गरेका छन् ।
यता, १ लाख आन्दोलनकारीलाई उतारेर सिंहदरवारलाई धक्का दिने योजना बनाएका गठबन्धन भित्रै बिवाद बढ्दा आन्दोलनको अघिल्लो दिनमा हृदयश त्रिपाठी नवलपरासीतिर झरेका थिए ।
कुमार लिङ्देनको लिम्बुवान पार्टीमा पनि बिबाद देखिएको छ । खगेन्द्र माखिम समूहले लिङ्देन कारबाहीमा परेका व्यक्ति भएको भन्दै गठबन्धनको आन्दोलनमा सहभागी भइरहेको छैन । गठबन्धनमा कुमार लिङ्देन एक्लो व्यक्ति सहभागी भएका हुन् । खगेन्द्र माखिम समूहले गठबन्धनको आन्दोलनमा सहभागिता जनाएको छैन ।
काठमाडौं केन्द्रित आन्दोलना सहभागी हुन नपरोस् भन्दै महन्थ ठाकुर दिल्लीमा रहेका कारण आन्दोलनमा उपस्थिती नरहेको बताइ रहँदा राजेन्द्र महत्तो र उपेन्द्र यादवबीचको विवाद चुलिएसँगै आन्दोलन तुहिएको आरोप छ ।












प्रतिक्रिया