२५ कार्तिक २०८३, बुधबार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-Basnetकाठमाडौं, ६ जेठ । नेकपा एमाले निकट पत्रकार संस्था प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत चयन भएका छन् ।

आजदेखि राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको चौतारीको ८ औं महाधिवेशनले बस्नतेलाई आगामी कार्यकालका लागि अध्यक्ष चुनेको हो ।

यसअघि चौतारीको वरिष्ठ उपाध्यक्ष भइसकेका बस्नेत संस्थापक सदस्य समेत हुन् ।

दोलखा घर भएका पत्रकार बस्नेत २१ वर्षदेखि पत्रकारिता पेसामा संलग्न छन् ।

यसैगरी नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्षहरुमा लीला भट्टराई, लालवाबु शेख, विश्वमणी सुवेदी, गणेश पाण्डे, सविन प्रियासन, विरवहादुर गिरी, नरेन्द्र साउद, सइन्द्र राई, टीका विष्ट, महासचिवमा राजेश राई, उपमहासचिवमा रामकुमार एलन, हिरामान लामा, सचिवहरुमा भरत केसी, अमृत तिमिल्सेना, रामकृष्ण शर्मा, शुरोजंग पाण्डेय, भउचप्रसाद यादव, देविका घर्ती, हेमकर्ण विक, कोषाध्यक्षमा इन्द्रा आचार्य, अनुशासन आयोगको संयोजक, जे पाण्डेय, लेखा संयोजक विक्रम लुइटेल रहेका छन् ।

केन्द्रीय सदस्यहरुका लागि भने निर्वाचन हुनेछ ।