२५ कार्तिक २०८३, बुधबार

माओवादीहरु बीच एकता, केन्द्रीय समिति बन्यो ऐतिहासिक जम्बो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist-Unity

काठमाडौँ, ६ जेठ । विभिन्न टुक्रामा विभक्त भएका माओवादी घटकले इतिहासमै सबैभन्दा जम्बो केन्द्रीय समिति बनाएर एकता प्रक्रियालाई अगाडि बढाउने भएका छन् । एकतापछि बन्ने नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा ६ सय ९९ सदस्य रहने छन् ।

बबरमहलस्थित एक पार्टी प्यालेसमा जारी रहेको एकीकृत नेकपा (माओवादी), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको संयुक्त केन्द्रीय समितिको बैठक बसिरहेको छ ।

बैठकस्थलमा रहेका एमाओवादी काठमाडौँका अध्यक्ष हिमाल शर्माका अनुसार एकता प्रक्रियालाई भव्य र व्यवस्थित बनाउनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

एकता प्रक्रियामा सामान्य असहमति राख्दै आएका नेकपा (माओवादी)का संयोजक मातृका यादव पनि एकता प्रक्रियामा आएका छन् ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र माओवादीका संयोजक यादवबीच आज बिहान भएको संयुक्त बैठकपछि यादव एकतामा सहभागी हुन तयार भएका हुन् ।

बुधबार साँझ बसेको एकता संयोजन समितिको बैठकले एमाओवादी अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । सोही प्रतिवेदनका आधारमा साङ्गठनिक विषयलाई टुङ्गो लगाइने र आज घोषणा गरिदै छ ।

यस्तै रामबहादुर थापाले प्रस्तुत गरेको पार्टीको अन्तरिम विधानलाई पनि छलफलपछि पारित गरिने छ ।

एकता प्रक्रियामा नेत्रविक्रम चन्दको माओवादीबाट तिलक परियारको नेतृत्वमा एक दर्जन बढी केन्द्रीय सदस्य सहभागी भएका छन् । रासस