२५ कार्तिक २०८३, बुधबार

नवलपरासी नजिकैको ठुटिवारीमा बम विस्फोट, दुई भारतीयको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-army-kashmir_mini-720x480
फाइल तस्वीर

– मोहन पौडेल
नवलपरासी, ६ जेठ । नवलपरासीसँग सीमा जोडिएको भारतको ठुटिवारी बजारमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

कवाडी संकलन गर्दै आएका एकै घरका दुई जनाको मृत्यु भएको हो भने घाईते पनि सोहि घरकै परिवार हुन् ।

नेपाल बाट पुराना बिग्रिएका फलाम, स्टील तथा पित्तलका सामानहरु किनेर लाने र त्यसलाई प्रशोधन गरी नयाँ पित्तल निकाल्ने कार्य गर्दै आएका भारतको महाराजगन्ज जिल्लाको ठुटिवारी बजारका बिकाउ सहानीले प्रशोधन गर्ने क्रममा बम विस्फोट भएको भारतीय प्रहरीले जनाएको छ ।

भाडोलाई थिचेर पगाल्ने क्रममा एक्कासी बम विस्फोट भएको थियो ।

विस्फोटमा परि ती व्यापारी ५० बर्षिय बिकाउ सहानी र उनका ५ बर्षिय छोरा अमन सहानीको मृत्यु भएको हो भने उनकै परिवारका उर्मिला सहानी, निखिल सहानी, ममता सहानी गम्भिर घाईते भएका छन् ।

उनीहरुलाई उपचारका लागि महाराजगन्ज अस्पतालमा पठाईएको भारतीय प्रहरीले जानकारी दिएको छ । पुराना संकलन गरेर लगिएका ति भाडाहरु नेपालमा द्धन्द्धकालमा प्रयोग भएका हुन सक्ने अनुमान गरिएको छ ।