१ कार्तिक २०८३, आइतबार

फेरि घट्यो लोडसेडिङ, भोलीदेखि लागु हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepalकाठमाडौं, ६ जेठ । नेपाल विद्युत प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ घटाएको छ ।

यो भोलि (विहीबार)देखि लागु हुनेछ । प्राधिकरणले सूचना जारी गरी लोडसेडिङको नयाँ तालिका भोली नै सार्वजनिक गरिने जानकारी दिएको छ ।

नदीहरुमा पानीको वहाव बढ्दा विद्युत उत्पादन बढी हुनु, नाकाबन्दी खुलेसँगै ग्यास र तेलको आपूर्ति हुँदा विद्युत कम खपत भएपछि प्राधिकरणले लोडसेडिङ घटाएको हो ।

हाल ११ घण्टा कायम रहेको लोडसेडिङ भोलिबाट १ घण्टा घटेर दैनिक १० घण्टा मात्रै हुनेछ ।