काठमाडौं, ७ जेठ । ‘प्रहरी महानिरीक्षक फेर्ने भ्रम कति जनाले पाल्नु भएको छ, त्यस्तो भ्रमको पछाडी नलाग्नुहोस्, यसले प्रहरी संगठनलाई निकै दुरगामी असर राख्छ, म त व्यक्ति मात्रै हुँ, पदको गरिमामाथि ख्याल गर्नुहोस्’ प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल प्रहरी मुख्यालयमा यसरी कड्कीएपछि बैठक कक्ष एकाएक साम्य बनेको थियो ।
बुधबार अपरान्ह मुख्यालयमा पुलिस कोअर्डिनेशन कमिटी पीपीसीको बैठकपछि प्रविधि तर्फका बढुवा भएका तीन जना डिएसपीलाई ओहोदाको फूली लगाईदिएपछि निर्देशन दिने क्रममा महानिरिक्षक अर्याल निकै आक्रोशित मुद्रामा प्रस्तुत भए ।
‘मलाई साह्रै रीस पनि उठिरहेको छ, यहाँ व्यक्त गर्न सक्दिन, आईजीपी फेरिंदै छ भनेर न्युज बनाउन लगाउने, यसैलाई ठाउँठाउँमा पुर्याएर संगठन प्रमुखको गरिमाको ख्याल नगर्ने रु तर यतिमात्रै भन्छु, फागुन २ गतेसम्म म आईजीपीकै पोशाक लगाएर कार्यलय समयम्म मुख्यालयमै रहन्छु,’ महानिरिक्षक अर्यालले व्यक्त गरेका भनाइ उदृत गर्दै स्रोतले भन्यो । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।















प्रतिक्रिया