१ कार्तिक २०८३, आइतबार

तेस्रो लिङ्गी सुन्दरीको उपाधी यानी लामालाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Miss Pinkकाठमाडौं । तेस्रो लिङ्गीहरूका लागि मात्रै गरिएको ‘मिस पिंक २०१६’ को उपाधी यानी लामाले जितेकी छन् । १८ जना प्रतिष्पर्धीमध्ये टप टेन, टप फाइभ हुँदै उनले मिस पिंक २०१६ को उपाधी पहिरिएकी हुन् ।

यानीले अब थाइल्याण्डमा हुने मिस पिंक इन्टरनेशनलमा सहभागिता जनाउने र विश्वका प्रतिस्पर्धीसँगै तालिममा सहभागी हुने अवसर प्राप्त गर्ने छिन ।

समलिंगी तेस्रोलिंगी घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नील हीरा समाज र क्रुज एड्स नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा फष्ट रनरअपको उपाधी आकांक्षा तिमल्सिनाले जितेकी छन् ।

सेकेण्ड रनरअपको उपाधी पल्लवी शर्माले जितेकी छन् । मिस पिंकको उपाधी बिजेता यानीले नगद ५० हजार रुपैयाँ पुरस्कार पाइन । यस्तै फष्ट रनरअप आकांक्षालाई ४० हजार र सेकेण्ड रनरअप पल्लबीलाई नगद ३० हजार रुपैयाँ प्रदान गरिएको छ ।

वेष्ट वाकमा रेगल विक, मिस व्युटीफुलमा निर्जा लामा, बेष्ट डे«समा इशा नेपाल, मिस कन्जिनालिटीमा मुस्कान केसी र बेष्ट पर्सनालिटीमा निलम पौडेल घोषित भए । उनीहरुलाई जनही दश दश हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।