२ कार्तिक २०८३, सोमबार

ब्रेकिङ न्युजः चर्चित ‘डन’ चरी मारिएको पुष्टि, मुठभेड नभई नियोजित हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dinesh-adhikari-1

काठमाडौं, २१ साउन । राजधानीका चर्चित डन दिनेश अधिकारी ‘चरी’ मारिएका छन् ।

बुधवार साँझ ५ वजे काठमाडौँको भीमढुंगामा प्रहरीको गोली प्रहारबाट चरी मारिएका हुन् ।

प्रहरीले दोहोरो भिडन्तमा मारिएको बताएको छ ।

तर, सेल्टर खोजेर लुक्दै हिँडेका चरीलाई नियोजित रुपमा प्रहरीले हत्या गरेको चरीका एक सहयोगीले दैनिक नेपाललाई बताए । उनका अनुसार चरीलाई दुई वटा गोली लागेको थियो ।  उनी बा ४९ प ३११२ नम्वरको पल्सर मोटरसाइकलमा सवार थिए।

अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाका प्रमुख, एसएसपी पुष्कर कार्कीले भने चरी मुठभेडमा मारिएको दाबी गरेका छन् । चरी लामो समयदेखि फरार थिए ।

काठमाडौँमा लामो समयदेखि गुण्डागर्दी को राज मच्चाएका चरी धादिङका अर्का डन राधेको समूहसँग भिडन्त भएपछि भुमिगत भएका थिए । उनलाई प्रहरीले खोजी गरिरहेको थियो ।

चरी धादिङ क्षेत्र नम्बर १ का एमाले उपाध्यक्ष समेत रहेका थिए ।

को हुन् चरी ?

राजधानीमा चर्चित डनका रुपमा कहलिएका दिनेश अधिकारी ‘चरी’ धादिङ त्रिपुरेश्वर गाविस खहरेका स्थायी बासिन्दा हुन् ।

एमाले धादिङ क्षेत्र नम्बर–१ का उपाध्यक्ष समेत रहेका उनी प्रहरीको ‘मोष्टवान्टेड’ सूचीमा थिए ।

प्रहरीमा उनीमाथि गोलीकाण्ड, फिरौती र लुटपाटलगायत दर्जनौं मुद्धा थिए।

एमाले नेता गोकर्ण विष्टमाथि मन्त्री भएकै दिन केही वर्षअघि खुकुरी प्रहार गरेको आरोप पनि उनीमाथि थियो ।

रमेश खरेल काठमाडौँ प्रहरी प्रमुख रहेका बेला आत्मसमर्पण गरेका चरी त्यतिबेला ७ महिना जेल बसेर छुटेका थिए ।

नयाँबजार र बालाजु क्षेत्रमा एक दशकदेखि एकछत्र राज गर्दै आएका चरी पटक पटक जेल परेर पनि राजनीतिक नेताको दबाबमा छुट्ने गरेका थिए ।

उनले सुरुमा गुण्डानाइके कुमार घैँटेसँगै मिलेर काम गरेका थिए । पछि घैँटेसँग विवाद भएपछि २०६३ सालतिर अलग भएका थिए । २०६४ सालमा पटक–पटक यार्सागुम्बा लुटेर उनी प्रहरीको नजरमा परेका थिए ।

२०७० साल कात्तिकमा उनी खाग तस्करीमा सम्लग्न भएको आरोपमा सिआइबीले पक्राउ गरेको थियो । त्यतिबेला पनि उनी केही समय जेल बसेर छुटेका थिए ।

एक वर्षअघि नैकापमा राधे भण्डारीको समूहले उनीलाई गोली हानेको थियो ।
ललितपुरका मीनकृष्ण महर्जनको गोली प्रहार घटनामा पनि चरी अभियुक्त थिए।