२५ कार्तिक २०८३, बुधबार

अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको तयारी पूरा, चीनबाट उच्च सहभागिता हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Buddha-sammlen

काठमाडौँ, ५ जेठ । २५६० औँ बुद्धजयन्तीका अवसरमा बिहीबारदेखि सुरु हुन लागेको अन्तराष्ट्रिय बौद्धगोष्ठीको तयारी पूरा भएको मूल आयोजक समितिले जनाएको छ ।

सम्मेलन मूल आयोजक समारोह समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो ।

अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी काठमाडौँमा र बुद्धजयन्ती समारोहका लुम्बिनीमा हुनेछ । गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ भने बुद्धजयन्ती समारोहको लुम्बिनीमा ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुनेछ ।

गोष्ठीमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरुहरु, भिक्षु तथा भिक्षुणीहरु र बौद्ध दर्शनका ज्ञाता तथा विद्धानहरुको सहभागिता रहने छ । गोष्ठीमा भाग लिन आउने पाहुँनाहरु कोही आईपुग्नु भएको र कोही आउनेक्रम जारी रहेको छ ।

“लुम्बिनी, नेपाल भगवान बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि” भन्ने मूल नाराका साथ मनाउन लागिएको गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित १८ विदेशी र ६ नेपाली गरी २८ विद्धानहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

गोष्ठीको मूल गोष्ठीमा निश्किएको निश्कर्ष बुद्धजयन्ती समारोहक लुम्बिनीमा घोषणापत्र जारी गर्ने र अन्तराष्ट्रियस्तरको संयन्त्र निर्माण गरी कार्ययोजनासहित घोषणापत्र जारी गरिने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले गोष्ठीले भगवान बुद्धको जन्मथलो नेपाललाई विश्व शान्तिको केन्द्रको रुपमा स्थापित गरी नेपाललाई बौद्ध दर्शनको प्राज्ञिक केन्द्रको रुपमा विकास गर्न टेवा पुर्याउने बताउनुभयो ।

उहाँले गोष्ठीले लुम्बिनीको अतिरिक्त अन्य बौद्ध केन्द्रहरु तिरौलाकोट, देवदह, रामग्राम आदिको समेत प्रचारप्रसार र विकासमा आधार निर्माण गरी आन्तारिक बुद्ध सर्किट निर्माणसहित धार्मिक पर्यटनको विकासमा मद्यत पुर्याउने उद्देश्य छ भन्नुभयो ।

यसबीच, २५६० औँ बुद्धजयन्तीका अवसरमा विश्व शान्तिको कामना गर्दै शान्तिका लागि साईकल यात्रा नामक अभियानले आज लुम्बिीनीमा साईकल यात्रा सुरु गरेको छ ।

आजै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोखरेलले सो साईकल यात्राको स्वयम्भुबाट साईकल चढेर साईकल यात्राको उद्घाटन गर्नुभयो ।

स्वयम्भु परिक्रममा गरी विश्व शान्तिको कामना गर्दै साईकल यात्रा लुम्बिनी प्रस्तान गरेको हो । विश्व साईकल यात्री पुस्कर शाहसहित करिब २६० साईकल यात्रीहरु लुम्बिनी जानुभएको हो । विश्व शान्तिको कामना गर्दै देश विदेशबाट आउनुभएका अतिथिहरुलाई पनि साईकल चढाएर प्रदुषणरहित लुम्बिनी बनाउने अभियानमा सहभागि गराइने छ ।