२५ कार्तिक २०८३, बुधबार

शंकर पोखरेलविरुद्ध संघीय गठबन्धनको कडा ‘चेतावनी पत्र’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shankar-Pokheralकाठमाडौं, ५ जेठ । संघीय गठबन्धनले एमालेका नेता शंकर पोखरेलले आफ्नो आन्दोलनलाई लिएर गर्नुभएको कठोर टिप्पणीविरुद्ध आक्रोश व्यक्त गरेको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले एमाले नेता पोखरेलले आन्दोलनप्रति गरेको टिप्पणीलाई वैचारिक दरिद्रता र संकुचित मानसिकताको संज्ञा दिनुभएको छ ।

‘नश्लवादी पार्टी एमालेको तर्फबाट संचारमन्त्रीसमेत भइसकेका नेता शंकर पोखरेलको वैचारिक दरिद्रता र संकुचित मानसिकताप्रति भावपूर्ण खेद छ’, संयोजक चौरसियाले अगाडि लेख्नु भएको छ, ‘शंकर पोखरेलले आफ्नो फेसबुक स्ट्याटस लेखेर आन्दोलनरत २९ दलीय संघीय गठबन्धनको खिल्ली उडाएका छन्, अपमान गरेका छन् । उनको यस्ता हर्कत न पाच्य छ, न सुहाउँदो ।’

‘एमालेलाई थाहा हुनु पर्ने हो, लोकतान्त्रिक चरित्र र संस्कार भएको मुलुकमा एक जना नागरिकको आवाजलाई पनि महत्व र स्थान दिइन्छ’, उहाँले भन्नुभएको छ, ‘यसरी खिल्ली उडाइँदैन, भित्तामा पु¥याइँदैन । तर, यहाँ संविधानको अन्तर्वस्तुप्रति असन्तुष्टि जनाउँदै समग्र मुलुक आन्दोलित छ ।’

प्रेस संयोजक चौरसियाले भन्नुभएको छ, ‘हिजोसम्म मधेस मात्रैले ६ महिना लामो आन्दोलन ग¥यो । तर, अहिले मधेससँगै आदिवासी जनजाति, मगरात, लिम्बूवान, खम्बूवान, नेवाः ताम्सालिङ, तमुवान सबै सडकमा छन् । असन्तुष्ट पक्षलाई वार्तामार्फत् समाधानको लागि पहल गर्नुभन्दा उल्टै चिढाउनु, खिल्ली उडाउनु भनेको नाजीवादी एमाले र त्यसका नेताहरूको निकृष्टपन हो, गैर जिम्मेवारीपन हो, घटियापन हो, केटौलेपन हो । जनताको फरक आवाजलाई सम्मान गर्न नसक्ने मुलुक वा पार्टीको पतनो निश्चित छ, एमाले जस्तै । ओलीको झैं मति बिग्रेको होइन भने पोखरेलले जनतासँग क्षमा मागुन् ।’

एमाले नेता पोखरेले आज बिहान फेसबुकमा सन्देश लेख्दै ‘संघीय गठबन्धनले अब बालकोटमा घेराउ गर्ने’ भन्दै कटु आलोचना गर्नुभएको थियो ।