१ कार्तिक २०८३, आइतबार

सेनाले बनाएको कालीगण्डकी करिडोरमा गाडी गुड्यो, प्रधानसेनापतिद्वारा उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kaligandki-koridor-sadak

काठमाडौं, ५ जेठ । नेपाली सेनाद्वारा निर्माणाधिन कालीगण्डकी करिडोर सडक अन्तर्गत बाग्लुङ जिल्लास्थित मालढुङ्गा-टाकुरे सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ ।

बुधबार प्रधानसेनापति राजेन्द्र क्षत्रीले एक कार्यक्रमबीच उक्त सडकखण्डको उदघाटन गरेका छन् । उदघाटन भएसँगै निर्माण कार्यसकिएको १४ किलोमिटर सडकमा गाडीहरु चल्न थालेका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेनाले उक्त सडक खण्ड अन्तर्गत विभिन्न सेक्टर गरी ५४ किमि सडक खण्डको ट्रयाक खोल्ने जिम्मेवारी पाए पश्चात् २०७० बैशाख महिनाको दोश्रो हप्ताबाट फौज परिचालन भई निर्माण कार्य संचालन गरेको थियो । सोही सडक खण्ड अन्तर्गत मालढुङ्गा-टाकुरेसम्मको १४ किमि सडक खण्डको निर्माण कार्य सम्पन्न भएकोले प्रधान सेनापति क्षत्रीले बुधबार बागलुङ पुगेर उक्त सडक खण्डको उदघाटन गरेका हुन् ।

kaligandki-koridor-sadak-opening

उदघाटन कार्यक्रममा व्यवस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारी, स्थानीय सासद प्रकाश पौडेल, नेपाली सेनाका रथीबृन्द, नेपाल सरकारका पदाधिकारीहरु, स्थानीय संचारकर्मी तथा सरोकारवालाहरु लगायत स्थानीय भद्र भलाद्मीहरुको समेत उल्लेख्य मात्रामा उपस्थिति थियो ।

सडक मार्गको उदघाटनपछि प्रधान सेनापति क्षत्रीले बाग्लुङ जिल्लास्थित श्री नं. २३ बाहिनी अड्डाको निरीक्षण भ्रमण समेत गरेका थिए ।

क्षत्री आजै गोरखास्थित श्री भैरवीदल गणको २३१ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी भएर भोली काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको जनसम्पर्क निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

फोटोः अगन्धर तिवारीबाट ।