काठमाडौं, ५ जेठ । तपाई हामी सबैलाई थाहा भएकै कुरा हो सगरमाथा (माउन्ट एभरेष्ट) विश्वकै सर्वाेच्च शिखर हो र संसारले पनि सगरमाथालाई नै विश्वको सर्वाेच्च शिखरका रुपमा चिन्दै आएको छ ।
तर, यदि तपाईले थाहा पाउनुभयो कि सगरमाथाभन्दा पनि सर्वाेच्च शिखर अरु कोही नै छ भने कस्तो लाग्ला ? वैज्ञानिकहरु यस्तै कुरा गरिरहेका छन् ।
वैज्ञानिकहरुको भनाईलाई हेडलाइन बनाउँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सगरमाथा भन्दा उचो हिमाल फेला परेको बताएका छन् । उनीहरुका अनुसार वैज्ञानिकहरुले इक्वेडरको चिमबोराजो हिमाल सगरमाथा भन्दा अग्लो रहेको दाबी गरेका छन् ।

बेलायतको पत्रिका द इण्डिपेन्डेन्टले समुद्री सतहबाट ८८४८ मिटर अग्लो रहेको सगरमाथा विश्वको सर्वाेच्च शिखरको रुपमा मानिँदै आएको तर, अन्तरीक्षबाट नजिक पर्ने भएका कारण सगरमाथा भन्दा अग्लो इक्वेडरको चिमबोराजो हिमाल विश्वको सर्वाेच्च शिखर भएको उल्लेख गरेको छ ।
सगरमाथा समुद्री सतहबाट मात्र सबैभन्दा अग्लो हिमाल भएको समेत भनिएको छ । तर, पृथ्वीको केन्द्रबाट नाप्दा उचाईको मामिलामा चिमबोराजो नै अग्लो देखिएको समाचारमा उल्लेख छ । पृथ्वीको केन्द्रबाट उचाईको मामिलामा सगरमाथा विश्वका २० सर्वाेच्च शिखरमा समेत नपर्ने उल्लेख छ ।
तर, सगरमाथा चढ्न जस्तो अप्ठेरो इक्वेडरको चिमबोराजो चढ्न भने नहुने उल्लेख छ । समाचारमा सगरमाथालाई विश्वकै आरोहण गर्न कठिन हिमाल भनिएको छ ।















प्रतिक्रिया