काठमाडौं, ५ जेठ । संघीय गठबन्धनको बैठक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोविनै नयाँ कार्यक्रम ल्याउने निर्णय गर्दै सकिएको छ ।
काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज बसेको गठबन्धनको बैठकमा बिरामी भएको भन्दै ठाकुर र महतो नगएका हुन् । स्रोतका अनुसार दुबै शीर्ष नेताले गठबन्धनको आन्दोलन परिचालन गर्ने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाएर गएनन् ।
यसअघि मंगलबारको बालुवाटार घेराउ कार्यक्रममा पनि सद्भावना अध्यक्ष महतो बिरामी भएको भन्दै धर्नामा गएका थिएनन् । तमलोपा अध्यक्ष ठाकुर भने भारतबाट उपचार गराइ मंगलबार काठमाडौं आएका थिए । उपचारको थकानका कारण ठाकुर बालुवाटार नगएको सहयोगीहरूले बताएका छन् ।
स्रोतका अनुसार संघीय गठबन्धनले आज रत्नपार्ककको शान्तिबाटिकामा गर्ने कार्यक्रममा पनि यी दुई शीर्ष नेता ठाकुर महतो नजाने सम्भावना रहेको छ ।












प्रतिक्रिया