
सिरहा, ५ जेठ । सिरहा जिल्लाको लहानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
लहान– १२ मा मंगलबार राति करीव सवा ९ बजे ३ वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स २ प ६७, स ३ प १६० र स ३ प ९२०८ नम्बरका मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।
मृत्यु हुनेमा लहान– ८ का ४५ वर्षीय नुजा सदाय, असनपुर– ७ का ३५ वर्षीय राम आसिस पासवान, सप्तरी बरमपुर ३ का ५५ वर्षीय लक्ष्मण राम र सिरहा गोलबजारका १८ वर्षीय बिबेश सिंह रहेका छन् । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सिरहा बेलकुवा– ४ का ३५ वर्षीय सर्बेस गोसामीको न्यूरो अस्पताल विराटनगरमा उपचार भैरहेको छ ।












प्रतिक्रिया