२५ कार्तिक २०८३, बुधबार

संघीय गठबन्धनले ‘बालकोट’ घेराउ गर्ने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-yadav-morcha-1काठमाडौं, ५ जेठ । मधेसी मोर्चासहितका २९ राजनीतिक दल आबद्ध संघीय गठबन्धनको आन्दोलनलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।

विशेष गरेर सामाजिक सञ्जालमा संघीय गठबन्धनको आन्दोलनका विषयमा पक्ष र विपक्ष दुबैमा चर्चा हुने गरेका छन् । कसैले आन्दोलनको विरोध गरेका छन् भने कसैले समर्थन गर्ने गरेका छन् ।

एमालेका प्रभावशाली नेता शंकर पोखरेलले मधेसी मोर्चाको आन्दोलनका विषयमा व्याङ्गात्मक शैलीमा अबको घेराउ बालकोटमा भनेर टिप्पणी गर्नुभएको छ ।

भक्तपुरको बालकोट प्रधानमन्त्री केपी ओलीको निजी निवास हो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘सिंहदरवार घेराउमा कार्यकर्ताको उपस्थित पातलिएसी मोर्चाले आफ्नो कार्यक्रम बालुवाटारतिर सारेछ । त्यहाँ नि पातलिएसी कहाँ सार्ने ? वालकोट !!??’

Shankar-Pokharel