काठमाडौं, २१ साउन । एमाओवादीको आन्तरिक विवादले उक्त पार्टी विभाजनतिर उन्मुख भएको छ ।
अध्यक्ष प्रचण्डको कार्यशैलीप्रति असन्तुष्ट बनेको नेता बाबुराम भट्टराई पक्षधरले आ–आफ्नो गृहकार्य सुरु गरेसँगै पार्टी विभाजनतिर उन्मुख भएको हो ।
गत सोमवार बसेको स्थायी समिति बैठकले बाबुराम भट्टराईपक्षको केही नेतालाई पार्टीपद्धति बाहिर गएको भन्दै कारवाही गरेपछि पार्टीभित्रको आन्तरिक विवाद झन चुलिएको हो ।
त्यसरी चुलिएको विवादमा नीतिगत भन्दा सांगठनिक विवादतिर उन्मुख भएपछि पार्टी भित्र एकता हुने संम्भावना कम देखिएको नेताहरुले टिप्पणी गर्न थालेका छन् ।
‘नीतिगत र वैचारिक बहसभन्दा फरक विवाद भएकाले दुबै पक्ष एक भएर जाने संभावना कम छ,’ प्रचण्ड पक्षका एक नेताले भने ।
भट्टराईपक्षले पनि आगामि केन्द्रीय समितिको बैठकले पार्टी फ्ट्ने वा नफुटने कुराको निर्धारण गर्ने बताउँदै आएको छ ।
भट्टराईपक्षका नेता देवेन्द्र पौडेलले आफुहरु आन्तरिक छलफलमा भएको भन्दै केन्द्रीय समितिको निणर्यले धेरै कुरा निर्धारण गर्ने बताउनु भएको छ ।
एमाओवादी केन्द्रीय समिति वैठक भदौ ११ गते बोलाइएकाले उक्त बैठकले धेरै कुराको निर्धारण गर्ने बुझिएको छ ।
















प्रतिक्रिया