२५ कार्तिक २०८३, बुधबार

‘विप्लव’ माओवादीपनि विभाजित, यी हुन् नयाँ अध्यक्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tilak Pariyarकाठमाडौं, ५ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीपनि विभाजन भएको छ ।

‘विप्लव’ माओवादीका पोलिट व्यूरो सदस्य तिलक परियार ‘हिक्मत’ले आज औपचारिक रुपमा पार्टीमा राजीनामा पत्र बुझाउँदैछन् । उनले आफ्नो राजीनामा पत्र गोजीमा राखेर हिँडेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार परियारले आफ्नो अध्यक्षतामा नेकपा माओवादी पार्टी पनि गठन गरेका छन् । सो पार्टीको प्रवक्तामा परियारले वसन्त घर्ती घर्तीलाई नियुक्त गरेको बुझिएको छ ।

‘विप्लव’ चीनमा रहेका बेला पोलिट व्यूरो सदस्य परियारले नेकपा माओवादीलाई विभाजन गरेका हुन् । उनले आफ्नो पार्टीमा विप्लव माओवादी छाडेर बसेका र भगौडा नेता तथा कार्यकर्तालाई आफूसँग राखेका छन् ।

स्रोतका अनुसार ‘विप्लव’ माओवादीलाई एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फुटाएको आरोप छ । दुईदिनअघि प्रचण्डले तिलक परियारसँग ललितपुरको सातदोबाटोमा गोप्य भेट गरेर पार्टी विभाजन गरेर आउन सल्लाह दिएका थिए । सोही योजनाअनुसार परियारले ‘विप्लव’ माओवादी फुटाएका हुन् ।

स्रोतका अनुसार भोलि जेठ ६ गते तिलक परियारसहितको विभाजन भएर छुट्टिएको विप्लव माओवादीको पार्टीका नेताहरू एमाओवादीमा विलय हुनेछन् ।