८ कार्तिक २०८३, आइतबार

सशस्त्रका गुल्म प्रमुखलाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apf-Durgu-raiकाठमाडौं, ५ जेठ । सशस्त्र प्रहरीको इलामस्थित श्रीअन्तु गुल्मबाट प्रहरीलाई घरेलु काममा खटाइएको विषयमा छानबिन सुरु भएको छ ।

सशस्त्र प्रहरीको बराह बाहिनी पकलीले सो विषयबारे अध्ययन गर्न सोमबार छानबिन समिति गठन गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गुल्मका डिएसपी लकेश तुम्बाहाम्फेले मामाका छोरा दीपराज आङदेम्बेको कुखुराको खोर बनाउन गुल्मका तीन प्रहरीलाई खटाएका थिए ।

त्यससम्बन्धी फोटोसहितको समाचारलाई लिएर सशस्त्र प्रहरी बराह बाहिनी पकलीले छानबिन सुरु गरेको हो ।

बाहिनीका एसपी भुवनेश्वर प्रसादको कमान्डमा छानबिन समिति गठन गरिएको छ ।

समितिले बुधबारदेखि इलाम पुगेर छानबिन गर्ने बराह बाहिनीका डिआइजी सुरज श्रेष्ठले बताए ।